Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रो पावरको टर्बाइन भनेकै W.K.V.

अर्थ संसार

शुक्रबार, ०२ साउन २०७७, १४ : ०० मा प्रकाशित

हाइड्रो  पावरको टर्बाइन भनेकै  W.K.V.

डब्लू.के.भि. स्पिड गभर्नर

वासरक्राफ्ट फोल्क एजि. (WKV) मध्यम साइज टर्बाइन लगायतका सम्पूर्ण मेन्स् डिजाइन रउत्पादन गर्ने विश्व विख्यात कम्पनी हो । यो दक्षिण पश्चिम जर्मनीको गुटाकमा अवस्थित स्टक होल्डिङ्ग कम्पनी हो । अत; एकै छानोमुनि जलविद्युत आयोजनालाई अत्यावश्यक पर्ने अत्याधुनिक सम्पूर्ण मुख्य तथा मजबुत उपकरणहरु आफै डिजाइन, उत्पादन गरी उक्त उपकरणहरुको आवश्यक परीक्षण आप्mनो फ्याट्रिमा एकै ठाउँ र एकै समयमा गरी ५ बर्षे लामो वारेण्टी दिने डब्लु.के.भि.विश्वको एक मात्र एक्लोकम्पनी हो । 

गुणस्तरलाई आफ्नो सम्पदा ठान्ने यस विश्व प्रसिद्ध कम्पनीले प्रति यूनिट ३५ मेगावाटसम्मको टर्बाइन र प्रति यूनिट ४० एम.भि.ए. सम्मको जेनेटर उत्पादन गर्दै आइरहेको छ । यस कम्पनीले ५ मिटर देखि १५०० मिटर हेडसम्मका टर्बाइन तथा जेनेटरहरु डिजाइन र उत्पादन गर्ने क्षमता र दक्षता राख्छ भने हालसम्म १२२० मिटर हेडमा आप्mनो उत्पादनहरु जडान गरी संचालन गरिसकेको छ । नेपालमा १४ बर्ष पहिले नै ५०० मिटर हेडमा आफ्नो उपकरण जडान भईसकेको छ भने ९०० मिटर हेड भएको आयोजनामा छिट्टै जडान हुने क्रममा छ । 

नेपालमा यस कम्पनीको ए.भि.के.२१० के.भि.ए.क्षमताकोजेनेटर सन १९९१ मै सोलुखुम्बुको सोलु खोला साना जलविद्युत आयोजनामा जडान गरिएको थियो जुन हालसम्म बिना मर्मत संचालन हुदै आइरहेको छ । यस बाहेक २०५८ साल देखि ३ ओटा जलविद्युत आयोजनाहरुमा वाटर–टू–वायर सहित आफ्ना उत्पादनहरु प्रयोग गरिएको र एउटा आयोजनामा यसको अटोमेशन र स्क्याडा सिष्टम प्रयोग गरी सफलतासाथ विद्युत उत्पादन गर्दै आईरहेको छ । झण्डै दुई दशकदेखि यो कम्पनीको टर्बाइनहरु नेपाली हावा–पानी, बातावरण र माटोमा परीक्षित भई प्रबद्र्धकहरु र लगानीकर्ताहरुको मन जित्न सफल भएको छ । 

डब्लू.के.भि. को आफ्नै डिजाइनमा एकै छानो–मुनि उत्पादन गरिने मुख्य उपकरणहरु

१. डब्लू.के.भि.टर्बाइन
२. डब्लू.के.भि.टर्बाइन रनर
३. डब्लू.के.भि.इन्लेट भल्व
४. डब्लू.के.भि.स्पिड गभर्नरस्
५. डब्लू.के.भि.सिन्क्रोनस जेनेटर
६. डब्लू.के.भि.कन्ट्रोल प्यानेल
७. डब्लू.के.भि.स्क्याडा प्रणाली
८.डब्लू.के.भि. बाइपास भल्व
९.डब्लू.के.भि.पेनस्टक सेफ्टी भल्व

यसरी एउटा जलविद्युत आयोजनालाई अत्यावश्क पर्ने मुख्य उपकरणहरु डब्लू.के.भि. आपैmले डिजाइन र उत्पादन गर्ने भएकोले योकम्पनी सहायक उपकरणहरु उत्पादन तथा सम्प्लाई गर्ने कम्पनी वा भेण्डरहरुबाट मुक्त छ । यस कम्पनीको रनर, टर्बाइन, जेनेटर, स्पिड गभर्नर, इन्लेट–भल्व, कन्ट्रोल प्यानेल, स्विचगियरहरु, स्क्याडा प्रणाली आदि उपकरणहरु आफ्नै भएकोले सटिक इन्टरफेस र रिकोगनाइज्ड भएर सबै उपकरणहरु एकै ढिक्को जस्तो भई उच्च कार्य–क्षमतायुक्त र बढि टिकाउ हुने बिशेषताका छन् ।

डब्लू.के.भि.का उच्च गुणस्तरिय तथा मजबुत टबाईनहरु हावा तथा पानीको प्रतिरोधपूर्ण टर्बुलेन्स कम भएका, बियरिङ्गमा अबरोध नहुने, रनर तथा रोटर कौशलतापूर्णरुपले सन्तुलित हुने, इनर्जी ह्रासका लक्षणहरु जस्तै; ताप, आवाज र कम्पन न्यून हुने र टिकाउ हुने आदि बिशेषताहरु भएका हुन्छन् । उत्तर आधुनिक प्रबिधिको यूग, डब्लू.के.भि.को आफ्नै उच्चतम खोज–अनुसन्धान रप्रविधि बिकाससँगै गुणस्तरिय र अत्याधुनिक टबाईन, जेनेटर, स्पिड गभर्नर, हाइड्रोलिक पावर प्याक, इनलेट भल्व आदि उपकरणहरु उच्च–प्रविधियुक्त,उच्च–प्रभावकारी, फेलसेफ रिडन्डेन्सी प्रणालीयुक्त र प्रशारण लाइनको कारणले बाहेक विद्युत गृहको कारण हुने आउटेज सकेसम्म हुनै नदिने प्रबिधियुक्त स्वचालित गभर्निङ्ग तथा सिन्क्रोनाइजिङ्ग प्रणाली हुन्छन् जसको कारण टबाईन प्रणाली हतपत्तीफेल हुँदैनन् । साथै टबाईनको उपलब्ध अनुपात बढ्न गई अपेक्षित उत्पादन सुनिश्चित हुने भएकोले यसले प्रबद्र्धकको लगानी समयमै उठाउने कुरा ठोकुवा गर्न सकिन्छ । 

 यो विद्युतगृहमा देखिएका सबै उपकरणहरु डब्लू.के.भि.का आफ्नै उत्पादनहरु हुन् ।

किन्न सकिने मूल्यमा डब्लू.के.भि.

भारतीय बजारमा उपलब्ध सस्ता टर्बाइनसँग डब्लू.के.भि. टर्बाइनको तुलना हुनै सक्तैन । यदि गरियो भने पक्कै जो कोही प्रबद्र्धक निराश हुन सक्छन् । तर गुणस्तरको सौन्दर्यता र त्यसको महत्व बुझ्न सकियो भने डब्लू.के.भि.को नेपाली बजार मूल्य किन्नै नसकिने गरी महँगो अवश्य छैन । 

डब्लू.के.भि.टबाईनको शूरुवाति मूल्यलाई मात्रै हेर्ने हो भनेतुलनात्मक रुपमा महङ्गो अवश्य हुन्छ नै तर खास भिन्नता चाहीँयो कम्पनीको टर्बाइनलेआयोनाकोलगानी समयमा उठाएरै छोड्छ। केहि महँगो भएर पनि डब्लू.के.भि. किन्नेले केवल एक पल्ट किन्नेछ र समयमै ऋण तिरेर आनन्दको हाँसो हाँस्नेछ र चैनको निन्द्रा निदाउनेछ । समयमा ऋण तिर्नु वास्तवमा कमाउनु हो । सस्तोकिन्नेले धेरै पल्ट किनेर समयान्तरमा आयोजनालाईधेरै महँगो र रुग्ण बनाउनेछ ।कमसल टबाईन किन्नेहरुले भारी मूल्य चुकाएको ज्वलन्त उदाहारण पछिल्लो समय आयोजनाहरु एकपछि अर्को रुग्ण र बदनाम बन्दै गएबाट स्पष्ट हुन्छ । पिलुवा खोलाको भन्दा राम्रो हाइड्रोलोजी भएका तर सस्तो टबाईन प्रयोग गर्ने आयोजनाहरुले १५ बर्ष बित्न लाग्दा पनि ऋण तिर्न नसकेर रुग्ण भएका छन् ।

यस कारण डब्लू.के.भि. द्धाराएकै छानोमुनि एउटै कम्पनीद्धारा डिजाइन र उत्पादन गरिएका गुणस्तरिय र बलियो मेन्स; टर्बाइन, रनर्स्, जेनेटर, स्पिड गभर्नर,  मेन–इनलेट भल्व, कन्ट्रोल प्यानेल, स्क्याडा प्रणाली आदि छनोट गर्ने बुद्धिमता राख्न सक्नेजो कोही प्रबद्र्धक एउटा कुशल र सफल जलविद्युत व्यवसायी बन्न सक्ने कुरा ठोकुवा गर्न सकिन्छ । 

यो कम्पनीका उत्पादनहरुले ५–७ बर्षमा बैंकको लगानी उठाउँछ । आयोजनाले नै कमाएर डिभिडेन्ड खाउँ भन्नेसोच राख्ने हो भने प्रायस आयोजनाहरुले बनाउने प्रतिमेगावाट औषत लागत १८/२० करोडको बजेटलेडब्लू.के.भि. को टर्बाइन आरामलेखरिद गर्न सकिन्छ । 

डब्लू.के.भि.कोे नेपाली जलविद्युतगृहलेलगानी उठाएकोे गौरवमय (रेफरेन्स्) उदाहारण

नेपाली नीजि जलविद्युत क्षेत्रमा डब्लू.के.भि.सँग छोटो समयमा लगानी उठाएको आयोजनाहरुको गौरवमयउदाहारणहरु छन् ।यस खालको उदाहारण डब्लु.के.भि. सँग मात्रै छ। कुनै एउटा प्रबद्र्धक कुशल र सफल जलविद्युत व्यवसायी बन्ने हो भने टर्बाइनलेसमयमा लगानी उठायो कि उठाएन भन्ने उदाहारण (रेफ्रेन्स) महत्वका साथ हेर्न आवश्यक छ । यसै गरी बिना सुरक्षण आयोजनाको ७०-८०% जोखिम मोलेर लगानी गर्ने बैंकले त झन गम्भिरताका साथ टबाईनले लगानी उठाएकोरेफ्रेन्स खोजी–खोजी हेर्न जरुरी हुन्छ । हिजो यतातिर बैंकले ध्यान दिन नसक्दा नीजि जलविद्युत आयोजनाहरु एकपछि अर्को गर्दै रुग्ण बन्दै ऋण तिर्न नसक्ने अवस्थामा पुग्दा बैंकहरुको अरबौं लगानी जोखिममा परेको छ । बैंकहरुले अब उसो पनि समयमा ऋण तिर्नसक्ने टर्बाइनको प्रयोगगराउनमा ध्यान नदिए १० मेगावाटको आयोजनाले मात्रै होइन १०० मेगावाटका आयोजनाहरु पनि रुग्ण हुनेछन् । 

यसै गरीसर्ब–साधारण शयेर लगानीकर्ताहरुले पनि कम्पनीका आयोजनाले गुणस्तरिय टर्बाइन प्रयोग गर्यो वा गरेन, आयोजनाले प्रयोग गरेको टर्बाइनले लगानी उठाएको रेफ्रेन्स छ कि छैन, कम्पनीमासंस्थागत सुसाशन, आर्थिक अनुशासन र पारदर्शिता छ, छैन भन्ने कुराहरुमा ध्यान दिन नसक्दा सर्वसाधारणको अरबौं रुपैञाँ जोखिममा परेको छ । 

यो कम्पनीको उत्पादनहरु पहिलो पल्ट प्रयोग गर्ने १८३ किलोवाटको स्याङ्गे खोला र ३ मेगावाटको पिलुवा खोला आयोजनाको अपार सफलताले प्रबद्र्धकहरुमा उत्साह थपियो । यी आयोजनाहरुले ३ देखि ५ बर्षमा बैंकको ऋण चुक्ता गरी राज्य, बैंक तथा पब्लिकको विश्वास जितेको थियो । यी आयोजनाहरु नेपालीनीजि जलविद्युत प्रबद्र्धकहरुको लागि प्रेरणाको श्रोत हुन्। 

पिलुवाको सफलता हेरेर प्रबद्र्धक र बैंकहरुले जलविद्युतमा लगानी गरेका थिए । तीन मेगावाटको पिलुवा खोला साना जलविद्युत अयोजना प्रबद्र्धन गर्ने अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको सफलता,आधा दर्जन बढि जलविद्युत आयोजनाहरु र हालै ग्लोबल आइएमइ बैंकमा मर्ज भएको तत्कालिन जनाता बैंकमा उल्लेख्य शेयर लगानीरहेकोबाट प्रस्ट हुन्छ। यस कारण नेपाली नीजि जलविद्युत क्षेत्रको टर्बाइन भनेकै डब्लु.के.भि.हो । 

डब्लू.के.भि. नीजिक्षेत्रमा प्रयोग गरिएको पहिलो, लगानीछिटो उठाउनेमा पहिलो र डेफर्ड पेमेण्ट (पछि तिरे हुने)सुविधा उपलब्ध गराउनेमा एक मात्रर पहिलो कम्पनी हो । डब्लू.के.भि. को टर्बाइनले बाहेक प्रायस कसैले १४÷१५ बर्ष बिति सक्दा पनि बैंकको ऋण चुक्ता गरेको उदाहारण छैन । रहस्यमय तकनीकी ज्ञान, फेलसेफ रिडन्डेन्सी प्रविधियुक्त डब्लू.के.भि टर्बाइन प्रयोग गर्ने आयोजनाहरुले तुलनात्मक रुपमा बैंकको ऋण छिटो चुक्ता गर्ने गरेका छन् ।  

डब्लू.के.भि.को फाइनान्सियल स्किम तथा औजारहरु

डब्लू.के.भि. को फाइनान्सियल औजारहरु बिरुद्ध छरिएको भ्रमको बाबजुद पनि हामीले पहिलो चरणमा औषत ५ प्रतिशतभन्दा कम बार्षिक मार्जिनमाकम्तीमा २ बर्षको डेफर्ड पेमेण्ट सुविधा हाम्रा अमूल्य ग्राहकहरुलाई ब्यबहारिक रुपमा उपलब्ध गराउन सफल भएका छौं । दोश्रो चरणमा हामी २४ देखि ४८ महिनासम्मको डेफर्ड पेमेण्ट सुविधा हाम्रा आदरणिय ग्राहकहरुको हितलाई ध्यानमा राखेर उपलब्ध गराउने कुरामा कटिबद्ध छौं । हामी डब्लू.के.भि.को इलेक्ट्रोमेकानिकल उपकरणमा ६ बर्ष देखि ८ बर्षे लामो ३.५% ब्याजदरमा ८५–९० प्रतिशत ऋण लगानी पनि चाँडै नै ब्यबहारिक रुपमा गर्दैछौं । यी आर्थिक औजारहरुले हाम्रा आदरणिय नेपाली ग्राहक महानुभावहरुले ब्याज तथा नेपाली बैंकहरुले लगाउने चक्रवर्ति ब्याज आदि उल्लेख्य रुपमा बचाउनेछन्। समयमै उपकरण जडान गर्नसके २४ महिनाको डेफर्ड पेमेन्ट सुविधामा पनि कम्तिमा ६ देखि ८ महिनासम्म आयोजनाले कमाएर टर्बाइनको भुक्तानी गर्न सकिने भएकोले बैंकको ऋण घटाउन सकिन्छ ।  कम्तिमा ३६ महिने डेफर्ड पेमेण्ट (पछि तिरे हुने) सुविधामा समयमा उपकरण ल्याएर निर्धारित तालिकामा सिओडी गर्न सके १८ देखि २० महिनासम्म आयोजनाले कमाएर पछि भुक्तानी गर्न सकिनेछ । 

डब्लु.के.भि.कोडेफर्ड पेमेन्ट सुविधाको सकारात्मक पक्षहरु

१.     नेपाली बैंकको चर्को ब्याजबाट जोगिइने,
२.     आयोजना निर्माण अवधिमा लाग्ने चक्रवर्ति ब्याजबाट जोगिइने,
३.     आयोजना निर्माण क्रममा सिपिङ्ग डकुमेन्ट आएपछि सप्लायर्सलाई एलसि मार्पmत तत्काल भुक्तानी गर्नु पर्ने आर्थिक दबाबबाट बैंक तथा प्रबद्र्धक मुक्त हुने,
४.     कम्तिमा ८देखि २० महिनामा आयोजनाले कमाएर भुक्तानी गर्न सक्ने, 
५.     ८ देखि २० महिनामा आयोजना आपैmले कमाउने हुनाले बैंकको ऋण  घटाएर भुक्तानी गर्न सकिने, 
६.    पछि कमाएर भुक्तानी गर्न सकिने भएकोले डब्लु.के.भि.टर्बाइन किन्ने बजेट नभएका आयोजनाहरुले पनि किन्न सक्ने,
७.    लामो डेफर्ड पेमेण्ट सुविधामा बिदेशी मुद्रा विनिमयदरको जोखिमलाई न्यूनिकरण गर्न हेड्ज गर्न सकिने । 

डब्लु.के. भि.का  बिशिष्ट विशेषताहरु 

१    आफ्नै डिजाइनमा एकै छानामुनि टबाईन, रनर, उच्च–प्रभावकारी जेनेटरहरु, लो–भोल्टज,         मिडियम भोल्टेज, हाई भोल्टेज स्वीच गियरहरु, स्पिड गभर्नर सिस्टम, स्क्याडा सिस्टम,              ईनलेट भल्वहरु र सम्पूर्ण स्टिल वक्र्सउत्पादन गरी विक्री वितरण गर्नु,
२.     सबै उपकरणहरु एकै छानोमुनि बन्ने भएकोले एकै समय टर्बाइन, जेनेटर, गभर्नर, मेन             इनलेट भल्व र स्वीच गियरहरु एकै साथ परीक्षण गरेर मात्रै डेलिभरी गरिने,
३.     वाटर–टू–वायरसहित समय मै डेलिभरी, जडान, छिटो टेष्ट रन, ट्रेनिङ्ग गराई आयोजना             हस्तान्तरण गर्नु,
४.     फेलसेफ स्पिडगभर्नर पि.एल.सि. रिडन्डेन्सी भएको, रिलेज रिडन्डेन्सी, 
५.     फेलसेफ साफ्ट–मोटर ड्रिभन रिडन्डेण्ट ओएल प्रेसर पम्प सिस्टम भएको,
६.     टबाईन, जेनेटर र स्पिड गभर्नरमा पाँच बर्षे लामो वारेण्टी,
७.     अत्यन्तै न्यून सञ्चालन तथा मर्मत खर्च,
८.     फोर्ज स्टिल रनर र फोर्ज स्टिल प्लेट लेमिनेट वा हाइड्रोलिक प्रेस गरिएको मूख्य                        सालेन्टपोल रोटरहरु,
९.      फोर्ज स्टिल रोटर विशेष गरेर हाई–हेडहरुमा,
१०.     फस्र्ट क्लास कम्पोनेन्ट र ओरिजिनल निर्माण सामग्री र उपकरणहरु मात्रै प्रयोग गरिने, 
१०.     हेब्बी ड्यूटि रेन्क बियरिङ्ग २५ देखि ३० बर्र्षसम्म मर्मत र परिवर्तन गर्नु नपर्ने,
११.     आवद्यिक प्रत्येक डब्लु. के. भि. आयोजनाहरुको निरीक्षण,
१२.     दू्रत, प्रतिस्पर्धि र सरल बिक्रिपछिको सेवा, 
१३.     एकद्धार सम्पूर्ण जिम्मेवारी र जवाफदेहिता,
१४.   यसका डिजाइन र उत्पादनहरु कम्प्याक्ट, सुपरफाइन, सुपर फिनिसिङ्ग, मर्मत गर्न छिटो            र सजिलो हुने गरी डिजाइन गरिएको ।  
१५.     प्रत्येक आयोजनाको डिजाइन आर्थिक र प्राविधिक हिसाबले मितव्ययी हुने गरी गरिने, 
१६.     इन्जिनियरिङ्ग कन्सल्टिङ्ग सेवा,
१७.     डब्लु. के. भि. को आप्mनै ल्याबोरेटोरीमा रिसर्च एण्ड डेभेलपमेण्टको कार्य सँधै                    भईरहने  भएकोले उच्चतम कार्यक्षमता भएको टबाईन, रनर, जेनेटर, गभर्नर, इनलेट भल्व          र ट्रान्सफर्मर मात्रै उपलब्ध गरिने,
१८.    हाम्रा टर्बाइनहरु परिस्कृत र अत्याधुनिक बिशिष्ट प्रविधिहरुले सुसज्जित, अनुभवि र दक्ष            प्राविधिक विशेषज्ञता र उच्चतम विश्वसनियताले बिना झन्झट दशकौंसम्म निरन्तर चलिरहने            किसिमले डिजाइन र निर्माण गरिएको हुने ।
१९.     सरल म्यानुअलि कन्ट्रोल गर्न सकिने साना जलबिद्युत आयोजना देखि बिना मानिस                कन्ट्रोल गर्न सकिने ठूला जलविद्युत आयोजनाहरु सम्मको लागि आवश्यक कुनै पनि                   प्रकारको म्यानुअल र पूर्ण अटोमेटेड कन्ट्रोल सिस्टम भएको । 
२१    प्रत्येक आयोजनाहरुको अभिलेख अत्यन्तै होसियारी र बिस्तारसँग राखिएको                         हुनाले आयोजना निर्माण भएको बर्षौंसम्म पनि डिजाइन र स्पेयर पार्टस् उपलब्ध हुने                 कुरालाई   सुनिश्चित गरिएको । 


डब्लू.के.भि. इनलेट भल्व बिक्रीपछिको प्रतिस्पर्धी सेवा 

हाम्रो टर्बाइन प्रणालीमा तुलनात्मक रुपमा न्यून मर्मत आउने हुन्छन् । मर्मत सम्भार आए पनि उत्पादनमा नै बाधा पुर्याउने खालका ठूला समस्याहरु भने लर्तरो आउँदैनन्, ।
आफ्टर  सेल्स सर्भिस सम्बन्धमा नेपाली हाम्रा आदरणिय ग्राहकहरुबाट कुनै प्रकारको गुनासो अहिले सम्म सुन्न परेको छैन । यद्यपी हामीले आफ्टर सेल्स सर्भिसलाई प्रतिस्पर्धी, सहज र दू्रत बनाएको छौं । 

डब्लु.के.भि.को बिक्रीपछिको प्रतिस्पर्धी सेवा तथा सुविधाहरु,

१.     प्रत्येकडब्लु.के.भि. विद्युतगृहरुको आवधिक निरीक्षण गरिने, 
२.     एकद्धार जिम्मेवारी, जवाफदेहिता र एकलबिन्दु सेवा प्रदान गरिने,
३.   प्रत्येक विद्युतगृहका प्राविधिक र अपरेटरहरुलाई टे«न्ड–अप गरी दक्ष बनाइने र आवद्यिक        तालिम दिइने,
३.   रिमोटएक्सेस र रिमोट मेन्टिनेन्स सेवा तथा सुबिधा,
४.   विद्युतगृहको उपकरणहरुको रियल टाइम अवस्थितिको जानकारी दिई भवितव्यका                सम्भावित समस्याहरुको मेसेज अलार्म स्क्याडा सिस्टमबाट स्वचालित रुपमा गरिने,
५.  टबाईन, गभर्नर, मेन ईनलेट भल्व, जेनेटर, ट्रान्सफर्मरहरु, प्रोटेक्सन रिलेज, कन्ट्रोल प्यानेल,       पि.एल.सि. यू.पि.एस., लो भोल्टेज, मिडियम भोल्टेज स्वीचगियर, हाई भोल्टेज स्वीच–यार्ड,        डिजेल जेनेटर आदि उपकरणहरुको बढि मर्मत आउने पार्टस्हरुको स्पेयर                                 डब्लु.के.भि.नेपालको कार्यालयमा स्टोर राखी उपलब्ध गराइने, 
६. सानातिना समस्याहरुको समाधान र मर्मतहरु गर्न सक्ने दक्ष प्राविधिकहरु नेपालमै                    उत्पादन  गरिने । 
७.    ठूला समस्याहरु आए २४ घण्टाभित्र समस्याको पहिचान गरी आवश्यक प्राविधिकहरु ४८            घण्टाभित्र परिचालन गरिने ।
 

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको