Like us!
Follow us!
Connect us!
Watch us!

१२ वटा हाइड्रोपावर कम्पनीको आउँदै आइपिओ : पानीमा लगानी,गर्ने कि नगर्ने ?

अर्थ संसार

सोमबार, ०५ साउन २०७७, १८ : ४७ मा प्रकाशित

१२ वटा हाइड्रोपावर कम्पनीको आउँदै आइपिओ : पानीमा लगानी,गर्ने कि नगर्ने ?

अर्थ संसार, काठमाडौं - नेपालको शेयर बजारमा पछिल्लो समय धमाधम साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री भइरहेका छन् । 

लकडाउन पश्चात मात्रै  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनपछि बाँडफाँड भैसकेको समेत छ । 

Investing Opportunity in hydro's IPO | १२ हाइड्रोको आइपिओ आउँदै, लगानी गर्ने कि नगर्ने ?

यसै सन्दर्भमा कुरा गर्दा  १२ वटा हाइड्रोपावर कम्पनीले छिट्टै नै साधारण सेयर (आइपिओ) निष्कासन गर्दैछन् । जसमध्ये एउटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ भने ११ वटा  हाइड्रोपावर कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

आइपिओ निष्कासन गर्न लागेका १२ वटा हाइड्रोपावर यस प्रकारका छन् :

१. माउण्टेन इनर्जी नेपाल लिमिटेड 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रूपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल फागुन २६ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । जसमध्ये आयोजना प्रभावित स्थानिका लागि १९ लाख ६८ हजार २७ कित्ता र सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन गर्न कम्पनीलाई सेबोनले असा २५ गते, बिहीबार अनुमति दिएको छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

२. रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेड

रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २५ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

३. हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।

४. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

५. शुभम पावर लिमिटेड

शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल भदाै २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

६. तेह्रथुम पावर कम्पनी लिमिटेड 

तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

७. मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

8. ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड

ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल वैशाख ९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

८. माउण्टेन इनर्जी नेपाल लिमिटेड 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रूपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल फागुन २६ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

9. सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड 

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल भदाै २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

१0. मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

१1. सिइडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड

सिइडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । 

१२. इमर्जिङ्ग नेपाल लिमिटेड

इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल जेठ २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

आइपिओ पर्न हाइड्रोपावरको आउनु पर्ने हो ? 

अमूल्य जीवनलाई मूल्यवान बनाउँन जीवन बीमा गर्नुपर्छ, उत्कृष्ट जीवन बीमा प्राइम लाइफमा छ' मनोज कुमार भट्टराई : सिइओ- प्राइम लाइफ इन्स्योरेन्स

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको