अर्थ संसार, काठमाडौं-अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्ने ४० मे.वाक्षमताको माथिल्लो चमेलियाको बित्तियव्यवस्थापन हिमालयन बैंक लिमिटेडल गर्ने भएको छ ।
हिमालयन बैंक लिमिटेडको संचालक समितिले यस आयोजनाको अगुवा बैंक भई सहवित्तियकरण मार्फत लगानी गर्ने निर्णय गरेको छ ।
अपि पावरमा लगानीले दिर्घकालिन फाइदा, हकप्रद भर्न नछुटाउनुहोस | Sanjeev Neupane | API POWER
कम्पनीले चमेलिया नदिमा आफ्नो तेस्रो आयोजना निर्माण कार्य शुरु गरिसकेको छ । कम्पनीले ३० महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका लिएको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । दार्चुला जिल्लामानै कम्पनीको यो तेस्रो आयोजनाहो ।
यस अघि कम्पनीले ८.५ मे.वा को नौगड गाढ र ८ मे.वा को अप्पर नौगड गाढको निर्माण सम्पन्नगरि आयआर्जन गरिरहेको छ । कम्पनीले यहि श्रावण महिनाको दोस्रो साताभित्र १ बराबर ०.४७ को हकप्रद शेयर यहि आयोजना निर्माणको लागि आवहान गरेको छ ।
१२ हाइड्रोको आइपिओ आउँदै, लगानी गर्ने कि नगर्ने ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस