अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपाल लिमिटेड सञ्चालनको १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ ।
१०औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले स्थापनाको १० वर्षमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको बताएका छन् । ग्राहकहरू, संस्थापक, शेयरधनीहरू, संचालक समिति, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालाहरूको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको उनले बताए ।
यो अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिनामात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धी भएको अध्यक्ष शाहले बताए । मर्जर र प्राप्तिका लागि ढोका खुल्ला नै रहेको जानकारी दिँदै उनले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको बताएका छन् ।
कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश वर्षको वित्तिय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरूको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताइन् । स्थापनाकालदेखि नै यस बैंकलाई सफल बनाउन मेहनत गरेको बताउँदै उनले यो व्यावसायिक सफलताका लागि योगदान पुर्याउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेका छन् । बैंक स्थापनाको १० औं वर्षलाई विशेष वर्षका रूपमा मनाउन लागिएको सिइओ खुञ्जेलीले जानकारी दिइन् । यसका लागि बैंकले वार्षिक क्यालेन्डर बनाएर वर्षभरि नै संस्थागत सामाजिक उत्तरदायित्व लगायत अन्य विभिन्न कार्यक्रमहरू संचालन गर्ने योजना बनाएको उनले बताइन् ।
‘बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनतामा रहेको मनन गर्दै वर्षभरि नै उनीहरूलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम गरेर १०औं वार्षिकोत्सव मनाउने योजनामा छौं ।’– सिइओ खुञ्जेलीले बताइन् ।
१० औं बर्षको अवधिमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८.३२ प्रतिशतमा कायम राख्न सफल भएको छ । जसले गर्दा कोभिड १९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यावसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरूलाई बैंकले सस्तो ब्याजदरमै विभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ ।
यसैगरी, १० औं वार्षिकोत्सवको अवसरमा मेगा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ । आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै ल्याइएको यी सेवाहरूले सेवाग्राहीहरूलाई अत्याधुनिक बैंकिङ सेवाका साथै आफ्नो व्यावसाय प्रवद्र्धन गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ ।
मेगा बैंकले बितेको १० बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि गरेको छ । देशको २८ औं वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक स्थापनकालको १० औं बर्षमा आइपुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा, व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२ औं स्थानमा रहेको छ । २०७७ आषाढ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ ।
मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका २ सय ६ शाखा सञ्जालमार्फत ११ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस