असोज महिनामा बीचमा कुनै ठूलो समस्या आएन र सरकारले सार्वजनिक बिदा नदिएको अवस्थामा १६ दिन सेयर बजार खुल्ने भएको छ । अहिले जेनजी आन्दोलनका कारणले बजार बन्द रहेको छ । असोज महिनाको पहिलो दिन शोक बिदाका कारण बजार बन्द रहने छ भने दशैँ पनि सोही महिना रहेकाले बजार दशैँका कारण पनि बन्द रहने छ ।
असोज २ गते जेनजी आन्दोलनका कारणले बन्द रहने बजार खुल्ने छ । त्यस पछि ३ गते शुक्रबार र ४ गते शनिबार हो । ५ गते आइतबार बजार खुल्ने छ भने ६ गते घटस्थापना भएकाले बजार बन्द रहने छ । त्यस पछि दशैँ अघि ४ वाट कारोबार बजार खुल्ने छ । यो बीचमा सरकारले कुनै सार्वजनिक बिदा नदिएको अवस्थामा । असोज १३ गतेदेखि दशैँ बिदा परेकाले बजार त्यस पछि असोज १९ गते मात्रै खुल्ने छ । त्यस पछि क्यालेण्डरमा सेयर कारोबार हुने दिनमा सार्वजनिक बिदा नपरेकाले नियमित रुपमा बजार खुल्ने देखिन्छ । तर, सरकारले त्यो बीचमा कुनै सार्वजनिक बिदा घोषणा गरेको खण्डमा भने बजार बन्द हुने छ ।
दशैँ अघि भने अब बजार जम्मा ६ कारोबार दिन मात्रै खुल्ला रहने भएको छ । यो असोज २ गते खुल्ने बजार दशैँ अघि असोज ५,७,८,९ र १२ गते मात्रै खुल्ने छ । भदौ महिनामा पनि सेयर बजार १६ दिन नै कारोबार भएको थियो । भदौ १ गतेदेखि २३ गतेसम्म खुलेको बजार त्यस पछि भने जेनजीको आन्दोलनका कारणले बन्द भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस