जेनजी आन्दोलनका कारणले अहिले सेयर बजार बन्द रहेको छ । लगानीर्ताको माग अनुसार नै बजार बन्द गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले जनाएको छ । अब अवस्था सामान्य बन्दै जाँदा बजार खुल्ने भएको छ ।
बजार खुल्दा अबको परिवर्तनलाई बजारले कसरी अपनाउला भन्ने आम चासोको विषय हरेको छ ।
यस अघिका संकट पछि पुँजी बजारले त्यो समयको उच्च विन्दुको रेकर्ड कायम गरेकाले अहिलेको बजारले पनि त्यसलाई आत्मसाथ गर्न सक्ने सम्भावना रहेको लगानीकर्ता विष्णु सुवेदीको भनाइ छ । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले अहिले पनि बजारमा रहेका क्षेत्रगत रुपमा अति प्रभावित, कम प्रभावित र शून्य प्रधावित गरि तीन भागमा विभाजन गरेर हेरेको भन्दै बजार खुल्दा सुरुमा केही प्यानिक देखिए पनि बढ्ने सम्भावना रहेको बताएका हुन् । ‘बजारलाई मनोविज्ञानले पनि असर गर्ने भएकाले अहिलेको क्षतिले केही असर गरे पनि उपलब्धि पनि भएकाले बजार बढ्ने सम्भावना रहन्छ,’ उनले भने ।
चार्डपर्व पनि नजिक आएको अवस्थामा त्यसको असर पनि बजार पर्ने उनको भनाइ छ । ‘हाम्रो बजार जतिबेला संकट पछिको समयमा उच्च वृद्धि हुने गरेको इतिहास छ । अहिलेको उपलब्धि र अर्थमन्त्री पनि बजारमैत्री भएकाले बजारले सुरुमा गति नलिए पनि विस्तारै गति लिन सक्छ,’ उनले भने । कोरोना, भुकम्पन लगायत क्राइसिस पछि हाम्रो बजारले अल टाइम हाइ विन्दु पार गरेको इतिहास रहेकाले अहिलेको अवस्थामा पनि त्यो हुने सम्भावनालाई नकार्न नसकिने सुवेदीको भनाइ छ । अति प्रभावित क्षेत्रमा निर्जीवन बीमा र पर्यटक क्षेत्र रहेका छन् । यो होटलहरुमा भएको क्षति र निर्जीवन बीमा कम्पनीमा पर्ने दाबी भुक्तानीका कारणले यो क्षेत्रमा धेरै क्षति पुगेको उनको भनाइ छ । कम प्रभावितमा बैंक तथा वित्तीय क्षेत्र रहेको छ । बैक तथा वित्तीय क्षेत्रमा परेको प्रभाव दीर्घकालिन हुने पनि उनले बताए । त्यस्तै शून्य प्रभावितमा हाइड्रोपावर क्षेत्र रहेको उनको धारणा छ । यी क्षेत्रमध्ये अब लगानीर्ताले क्षेत्र छनोट गरेर सुजबुझका साथ लगानी गर्नुपर्ने उनको सुझाब छ । यो आन्दोलनले राजनीतिक रुपमा पनि ठूलो उपलब्धि भएकाले आशा गर्ने ठाउँहरु रहेको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस