भ्रष्टाचार र कुशासनको विरोधमा भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १८ वटा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार १ हजार ९८४ वटा बीमा बापत २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको हो ।
सबैभन्दा बढी दाबी रि ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ४० वटा बीमा बापत ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बीमा दाबी परेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस