Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो रहला आन्दोलन पछि खुल्ने सेयर बजार ? यस्तो छ लगानीकर्ताको प्रतिक्रिया

महेन्द्र शाही

मंगलबार, ३१ भदौ २०८२, १७ : ३७ मा प्रकाशित

कस्तो रहला आन्दोलन पछि खुल्ने सेयर बजार ? यस्तो छ लगानीकर्ताको प्रतिक्रिया

जेनजी आन्दोलनपछि सेयर बजार असोज २ गतेदेखि नियमि रुपमा खुल्ने भएको छ । भदौ २४ गतेदेखि बन्द भएको बजार ९ दिन पछि असोज २ गते बिहीबारदेखि खुल्दैछ । नेपालीहरुको महान पर्व दशैँ अघि केही दिनका लागि खुल्ने बजार कस्तो रहला भन्ने आम चासोका रुपमा हेरिएको छ ।

जेनजी आन्दोलनका कारणले लगानीकर्ताको माग अनुसार नै बजार बन्द भएको थियो । सेयर बजारमा मनोविज्ञानले धेरै ठूलो असर गर्ने भएकाले बजार बन्द गरिएको थियो । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको माग अनुसार नै बजार बन्द गरेको थियो । अहिले अन्तरिम सरकार निर्माणसँगै अवस्था सामान्य भइसकेको छ । यस अघि भदौ २ गतेसम्मका लागि सेयर बजार बन्द हुने सूचना जारी गरिएको भए पनि अवस्था सामान्य भएसँगै असोज १ गतेबाट बजार खुलाउने तयारी भएको थियो । तर, असोज १ गते सरकारले शोक बिदा दिएकाले अब सेयर बजार असोज २ गते मात्रै खुल्ने भएको हो । अब खुल्ने बजारले कस्तो प्रतिक्रिया देखाउला भन्ने आम चासोको विषय रहेको छ । लगानीकर्तामा एकातिर आन्दोलनको मनोविज्ञान रहेको छ भने अर्को तिर नयाँ सरकार र अर्थमन्त्री पनि बजारमैत्री आएकाले उत्साहको अवस्था पनि रहेको छ । बजार घटबढ हुनु त्यो पुँजी बजारको विशेषता नै हो । तर, आन्दोलन पछि खुल्ने बजारमा संमति हुनु पर्ने आवश्यकता पनि देखिन्छ । धेरै उत्साहित र धेरै निरुत्साहि हुनु भन्दा पनि समालिएर अघि बढ्नु नै बुद्धिमानी हुने छ । 

लगानीकर्ताहरु भने एस अघिका इतिहासलाई हेरेर बजारले सुरुमा केही नकारात्मकताको सामना गरे पनि विस्तारै लय समात्ने विश्वास गरेका छन् । यस अघि नेपालमा भुकम्पनको महामारी, कोभिड महामारी पछि सेयर बजारमा त्यो समयका लागि अट लाइम उच्च अंकको किर्तीमान कायम गरेको इतिहास छ । कोभिड  महामारी पछि सेयर बजारले हालसम्मकै उच्च ३१९८ विन्दुको रेकर्ड कायम गरेको थियो । त्यस अघि भुकम्पको महामारी पछि पनि बजारले त्यो समयको उच्च किर्तीमान कायम गर्न सफल भएको थियो । अहिलेको आन्दोलन पछि पनि बजारले त्यसलाई पछ्याउन सक्ने सम्भावना रहेको लगानीकर्ताहरुको भनाइ छ । 

यस अघिका संकट पछि पुँजी बजारले त्यो समयको उच्च विन्दुको रेकर्ड कायम गरेकाले अहिलेको बजारले पनि त्यसलाई आत्मसाथ गर्न सक्ने सम्भावना रहेको लगानीकर्ता विष्णु सुवेदी बताउँछन् । ‘बजारलाई मनोविज्ञानले पनि असर गर्ने भएकाले अहिलेको क्षतिले केही असर गरे पनि अहिले हासिल भएका उपलब्धिले सकारात्मक अवस्था हुन सक्छ,’उनले भने । 

चार्डपर्व पनि नजिक आएको अवस्थामा त्यसको असर पनि बजार पर्ने उनी बताएँछन् । ‘हाम्रो बजार संकट पछिको समयमा उच्च विन्दुमा पुगेको इतिहास भएकाले अहिले पनि नयाँ रेकर्ड बनाउन सक्ने अवस्थालाई नकार्न सकिदैन,’ उनले भने । अहिलेको उपलब्धी र अर्थमन्त्री पनि बजारमैत्री भएकाले बजारले सुरुमा गति नलिए पनि विस्तारै गति लिने उनको विश्वास छ । ‘कोरोना, भुकम्पन लगायत क्राइसिस पछि हाम्रो बजारले अल टाइम हाइ विन्दु पार गरेको इतिहास छ । अहिलेको अवस्थामा पनि त्यो हुने सम्भावनालाई नकार्न सकिदैन,’ उनले भने । 

सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेल आन्दोलन पछि खुल्ने बजार सकारात्मक रुपमा अघि बढ्ने बताउँछन् । आन्दोलनको मनोविज्ञान भए पनि बजारमैत्री अर्थमन्त्री आएका कारणले बजार धेरै नकारात्मक अवस्थामा जाने अवस्था नरहेको उनको भनाइ छ । अहिले तत्कालका लागि अन्य क्षेत्रमा लगानी गर्ने अवस्था नरहेकाले बजारमा लगानी आउने सम्भावनका कारण बजार सकारात्म हुने उनको तर्क छ । ‘अहिलेको अवस्थामा अरु क्षेत्रमा लगानी गर्न सकिने अवस्था देखिदैन । यसले सेयर बजारमा लगानी बढ्न सक्ने र बजारमा नयाँ संचार हुन सक्छ,’ उनले भने । 

समग्र देशको अर्थतन्त्रमा कति क्षेत्र पुग्यो भन्ने तथ्यांकहरु आइरहेको अवस्थामा सेयर बजार माथिल्लो विन्दुबाट तल्लो विन्दुमा पुगेको अवस्थामा नयाँ सरकारप्रति लगानीकर्ताको आशा रहेको उनी बताउछन् । ‘आन्दोलनबाट लगानीकर्ताको मनोबल कमजोर भए पनि अहिले आएको नेतृत्वप्रति आम रुपमा विश्वास गर्न सकिने अवस्था छ । अहिलेको अर्थमन्त्रीले सरकारलाई दिएका सुझाबहरु कार्यान्वयनको ठाउँमा पुगेकाले पनि लगानीकर्ताको मनोबल बढेको देखिन्छ,’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको