Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको अंकुशेले लघुवित्तको शेयरमा पहिरो !

अर्थ संसार

बुधबार, १४ साउन २०७७, १८ : ३३ मा प्रकाशित

राष्ट्र बैंकको अंकुशेले लघुवित्तको शेयरमा पहिरो !

अर्थ संसार, काठमाडौं- लघुवित्तमा बोनस र व्याजदरमा राष्ट्र बैंकले अंकुश लगाएसँगै  यस समूहको शेयरमा पहिरो गएको छ । राष्ट्र बैंकले लद्युवित्तमाथि अंकुश लगाउने निर्देशन सँगै बुधबार भने धितोपत्र बजारमा लद्युवित्तको शेयरमा पहिलो गरएको छ । सवै भन्दा धेरै घट्ने कम्पनीहरुमा लद्युवित्त कम्पनीहरु घटेका छन् ।

धितोपत्र बजारमा लद्युवित्तको शेयर बेच्ने लगानीकर्ताको चाप देखिन थालेको छ । थोरै शेयर त्यसमाथि पनि राष्ट्र बैंकको अंकुशै अंकुश लगाएपछि राख्नु भन्दा बेच्नु लगानीकर्ताको धारण छ ।

सवै भन्दो धेरै लद्युवित्त घटे

बुधबार २३.३६ अंकले घटेको शेयर बजारमा  जनउत्थान सामुदायिक लद्युवित्त वित्तीय संस्था,ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्था,मिथिला लद्युवित्त वित्तीय संस्था लिमिटेड,स्पर्स लद्युवित्त वित्तीय संस्था,नेपाल सेवा लद्युवित्त वित्तीय संस्था लिमिटेड,स्वरोजगार लद्युवित्त विकास बैंक लिमिटेड,सवैको लद्युवि वित्तीय संस्था लिमिटेड,स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, विजय लद्युवि वित्तीय संस्था लिमिटेड र नेरुडे लद्युवित्त विकास बैंक  लिमिटेड सवै भनदा धेरै घटेको छ ।

 मौद्रिक नीतिमा गएिको घोषणा अनुसार मंगलबार निर्देशन जारी गर्दै लाभांश र व्याजदरमा नयाँ सीमा केन्द्रिय बैंकले तोकेको थियो । मौदिंक नीति अनुसार अब लद्युवि वित्तीय संस्थाहरुले ऋणमा १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने व्यवस्था छ । राष्ट्र बैंकले व्याजदरसँगै  लद्युवित्तले ग्राहकबाट ऋणमा १.५ प्रतिशत बढी सेवा शुल्न लिन पाउँनेछैनन् । त्यसै गरी थोक ऋण प्रदायकले पनि ०.५ प्रतिशत मात्र सेवा शुल्क दिन पाउँछन् ।

लद्युवित्तले दिर्घकालिन कोषहरु बाहेकका रकम बैंक तथा वित्तीय संस्थामा ३ महिनाभन्दा बढी अवधिकको मुद्दती निक्षेपमा राख्न र नवीकरण गर्न नपाइने व्यवस्था समेत गरेको छ ।

लाभांश र हकप्रद शेयरमा पनि अंकुश

अबदेखि लद्युवित्तलार्य मजृरुमा लैजानका लागि राष्ट्र बैंकले हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियामावलीको संशोधन स्वीकृति प्रदान नगर्ने भएको छ । त्यसै गरी राष्ट्र बैंकले लाभांश वितरणमा पनि कडाइ गरेको छ । निर्देशनमा लद्युवित्तले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने उल्लेख छ । खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभा.श वितरण गर्न नपाउने व्यवस्था गरिएको छ ।

घटेको बजारमा जनउत्थान सामुदायिक लद्युवित्त वित्तीय संस्था,ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्था,मिथिला लद्युवित्त वित्तीय संस्था लिमिटेड,स्पर्स लद्युवित्त वित्तीय संस्था,नेपाल सेवा लद्युवित्त वित्तीय संस्था लिमिटेड,स्वरोजगार लद्युवित्त विकास बैंक लिमिटेड,सवैको लद्युवि वित्तीय संस्था लिमिटेड,स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, विजय लद्युवि वित्तीय संस्था लिमिटेड र नेरुडे लद्युवित्त विकास बैंक लिमिटेड रहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको