अर्थ संसार काठमाडाैं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट आएकाे छ ।
चौथो त्रैमाससम्ममा संस्थाकाे नाफा ७६ दशमलव ५३ प्रतिशतले घटेर ४८ लाख ६९ हजार रुपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ७ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यसैगरी, चौथो त्रैमाससम्ममा आइपुग्दा संस्थाले १६ करोड ३२ लाख ८८ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा २१ दशमलव २४ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १३ करोड ४६ लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो ।
यस्तै, चौथो त्रैमाससम्ममा संस्थाकाे सञ्चालन मुनाफा पनि घटेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे १ करोड १८ लाख ४६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाेमा हाल २ करोड ९३ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
त्यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६१ पैसा रहेकाे छ ।
संस्थालेसार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस