Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओमा बुक बिल्डिङ्ग विधि लागू, आवेदन संख्या अब न्यूनतम ५० कित्ता हुने

अर्थ संसार

बुधबार, २८ साउन २०७७, २१ : २९ मा प्रकाशित

आइपिओमा बुक बिल्डिङ्ग विधि लागू, आवेदन संख्या अब न्यूनतम ५० कित्ता हुने

अर्थ संसार, काठमाडौं- नेपाल धितोपत्र बोर्डले साधारण शेयर (आईपीओ ) निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू गरेको छ । यस विधि लागू भएसँगै सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने र बाँडफाँड हुने धितोपत्रको न्यूनतम संख्या ५० हुनेछ ।

हाल आइपीओ भर्नेहरुलाई बाँडफाँड हुने न्यूनतम संख्या १० कित्ता मात्र रहँदै आएको छ । प्रारम्भिक सार्वजनिक निश्कासनमा बुक बिल्डिङ्ग विधिलाई कार्यान्वयनमा ल्याउन धितोपत्र बोर्डको संचालक समितिको साउन २२ गते बसेको बैठकले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ लागू गर्ने निर्णय गरेको हो ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ का मुख्य व्यवस्थाहरु यस्ता छन्:

  • संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम संचालन गर्नुपर्ने छ ।

  • न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशयमूल्य तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्नेछ ।

  • संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशयमूल्यको अध्ययन गरी आधारमूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।

  • बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमासहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्नेछ ।

  • कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शतप्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्नेछ ।

  • स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोलकबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ ।

  • योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफमूल्य) निर्धारण गरी कट अफमूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई मागबमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई मागबमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्यदिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्नेछ ।

  • सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।

  • सर्वसाधारणले धितोपत्र खरिद लागि आवेदन दिने र बाँडफाँड हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुने छ । 

१० कित्ता दिने प्रावधान व्यावहारिक र राम्रो देखिदैन 

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको