Like us!
Follow us!
Connect us!
Watch us!

बधाई छ ! इप्पानको अध्यक्षमा कृष्ण आचार्य,  सर्वसम्मतिबाट कार्य समिति चयन

अर्थ संसार

आइतबार, ३२ साउन २०७७, २२ : ०८ मा प्रकाशित

बधाई छ ! इप्पानको अध्यक्षमा कृष्ण आचार्य,  सर्वसम्मतिबाट कार्य समिति चयन

अर्थ संसार, काठमाडौं - स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् ।  सर्वसम्मतिबाट चयन भएो नयाँ कार्यसमितिको उपाध्यक्षमा गणेश कार्की, आशिष गर्ग र मोहन कुमार डाँगी चुनिएका छन्। 

महासचिव गोरे शेर्पा  तथा सचिवमा भरत बहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य चयन भएका छन्। कोषाध्यक्षमा आनन्द चौधरी छन्।

सदस्यहरुमा भरत कुमार खड्का, उत्तम ब्लोन, प्रकाश दुलाल, भरत लामिछाने चुनिएका छन्। महिला सदस्यमा कविता पोखरेल र अविज्ञा मल्लले जिम्मेवारी पाएका छन्। 


गत असार १५ गतेका लागि तय गरिएको इप्पानको चुनाव संस्थापन पक्ष कृष्णप्रसाद आचार्य र सूर्यप्रसाद अधिकारीको प्यानविच सहमति नहँदा रोकिएको थियो । अन्ततः आइतबार नयाँ कार्यसमिति सर्बसम्मतिबाटै चयन भएको छ।

इप्पान अध्यक्षमा कृष्ण आचार्यको दाबी :उम्मेदवारी जलविद्युत विकास र लगानीकर्तालाई उचित प्रतिफलको लागि

जलविद्युत क्षेत्रलाई सरकारले बत्ति बाल्ने वा निभाउने अर्थमा बुझ्यो,६ खर्ब लगानी देखेन-मोहनकुमार डागी

इप्पानमा कार्यसमितिको सिट मात्र ओगट्ने, काम नगर्ने प्रचलनको हामी भयो : गोरे शेर्पा- जलविद्युत उद्यमी

इप्पानको चुनावमा बलराम खतिवडाको आग्रह : प्रोक्सी नदिनुहोला, भोट हाल्न आउनुहोला !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको