Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीबाट बिदा हुँदै युवराज खतिवडा, अबको अर्थमन्त्री को ?

अर्थ संसार

सोमबार, ०१ भदौ २०७७, १६ : ३० मा प्रकाशित

अर्थमन्त्रीबाट बिदा हुँदै युवराज खतिवडा, अबको अर्थमन्त्री को ?

अर्थ संसार, काठमाडौं– अर्थमन्त्री डा, युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको अवधि आगामी २० गते सकिने भएको छ । 

समयाअवधि सकिनेबित्तिकै राष्ट्रिय सभा सदस्य वामदेव गौतम नियुक्त हुने देखिएपछि अर्थमन्त्रीबाट खतिवडा  बिदाहुने  पक्का जस्तै भएको छ। 

खतिवडाको राष्ट्रिय सभा सदस्यमा निरन्तरता पाउने सम्भावना रहेको खण्डमा मात्र उनी अर्थमन्त्री कायम रहन्थे। त्यसो हुँदा उनले अर्थमन्त्रीबाट पनि बिदा लिनुपर्ने हुन्छ।

राष्ट्रियसभाको सदस्यमा कायम नरहेको अवस्थामा पनि कुनै पनि व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ ।

यही व्यवस्था अन्तरर्गत राष्ट्रियसभाको सदस्य पदको अवधि सकिएर पनि डा। खतिवडा अर्थमन्त्रीको रुपमा काम गरिरहेका छन् । 

अर्थमन्त्रीबाट खतिवडा  बिदाहुने  पक्का जस्तै भएसंगै नयाँ अर्थमन्त्रीका को बन्ला ? यो सबैको चासोको विषय बनेको छ । 

यतीबेला अर्थमन्त्रीका लागि तीन जनाको नाम अगाडि आएको छ। जसमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे र वर्षमान पुनको सम्भावना रहेको बताइन थालेको छ।उसो भए अबको अर्थमन्त्री बन्ने पालो कसको त ? धेरैमा जिज्ञासा हुनसक्छ । 

सत्तारुढ दलभित्रको विवाद समाधानका लागि गठित कार्यदलका एक अर्का सदस्यका अनुसार अबको अर्थमन्त्रीमा विष्णु पौडेलको संभावना प्रवल छ । 

उनले यसअघि पनि अर्थमन्त्रालयको कमान सम्हालिसकेका छन् ।

सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्रीमा मन गरेका भए पनि पार्टीभित्रको समीकरण मिलाउन र सचिवालयकै नेतालाई मन्त्री बनाउने कुरामा प्राथमिकता दिने सहमतिका कारण विष्णु पौडेल नै अर्थमन्त्री लागि प्रवल दाबेदार देखिन्छन् । 

तेस्तै अर्थमन्त्रीको लागि सभांवनायुक्त अर्को नाम हो वर्षमान पुन ।  उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री सहित रहेका मन्त्री पुन अर्थमन्त्री अर्को प्रवल सभांवना बोकेको नाम हो । 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको