Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले थप्याे नयाँ एक्सटेन्सन काउण्टर

निशा हुमाँगाई

बुधबार, ०३ भदौ २०७७, १४ : ३१ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले थप्याे नयाँ एक्सटेन्सन काउण्टर

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले भाद्र १ गते सोमबारदेखि लमजुङ्ग, बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको ४१औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को. ले. नि. का.लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रूपमा गरेका थिए । 

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरू गरिएको बैंकले जनाएकाे छ ।
 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको