Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको उकालो यात्रालाई  निषेधाज्ञाले छेकेन

निशा हुमाँगाई

विहीबार, ०४ भदौ २०७७, १५ : ०२ मा प्रकाशित

शेयर बजारको उकालो यात्रालाई   निषेधाज्ञाले छेकेन

अर्थ संसार, काठमाडौं – साताकाे अन्तिम दिन तथा निषेधाज्ञाकाे पहिलाे दिन आज (बिहीबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.२८ अंकले बढेर एक हजार ३९७.५७ मा पुगेकाे छ । नेप्से ०.४५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.३० अंकले बढेर २८८.३६ मा पुगेको छ ।

कूल १८२ वटा कम्पनीकाे १२लाख १४ हजार ५ सय १४ कित्ता शेयर खरिदबिक्री हुँदा ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

 हेराैं आजकाे शेयर तालिका :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको