Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्सको आइपिओमा पहिलो दिन कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो ताजा अपडेट

निशा हुमाँगाई

विहीबार, ०४ भदौ २०७७, १७ : ०१ मा प्रकाशित

रिलायन्सको आइपिओमा पहिलो दिन  कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो ताजा अपडेट

अर्थ संसार, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे आज पहिलाे दिन रहेकाे छ ।

पहिलाे दिन बेलुका ४:३० सम्ममा ५५ हजार २ सय ८४ जना आवेदकले २७ लाख ३० हजार १ सय ३० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलले जानकारी दिएकाे छ ।

कम्पनीले ६३ करोड रूपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे। कम्पनीले ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे।

लिवर्टी इनर्जीको आइपिओमा ५० हजार जनाले दिए आवेदन, मेरो शेयरले दियो धोका ! 

लगानीर्ताहरुले यस आइपिओमा छिटोमा भदौ ८ गतेसम्म र ढिलोमा भदौ २२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेकाे उक्त आइपिओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

त्यसैगरी, लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमती पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको