Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा, शेयरधनीहरूको हात खाली !

निशा हुमाँगाई

शुक्रबार, ०५ भदौ २०७७, ०८ : ०६ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा, शेयरधनीहरूको हात खाली !

अर्थ संसार,काठमाडाैं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे भाद्र २ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १८ औँ वार्षिक साधारण सभा भाद्र २६ गते शुक्रबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा हुनेछ ।

यसैगरी, कम्पनीले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ ।  बीमा समितिकाे वित्तीय विवरण सम्बन्धी निर्देशन बमाेजिमकाे वित्तीय विवरण Nepal Financial Reporting Standard (NFRS) बमाेजिमकाे वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरू कायम गर्नुपर्ने भएकाले लाभांश वितरण नगर्ने निर्णय गरिएकाे हाे । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको