Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको आइपिओको १० कित्ता सबैले पाउने, धेरै कित्ता पाउन गोलाप्रथामा पुर्न पर्ने

अर्थ संसार

आइतबार, ०७ भदौ २०७७, १८ : १३ मा प्रकाशित

लिवर्टी इनर्जीको आइपिओको १० कित्ता सबैले पाउने, धेरै कित्ता पाउन गोलाप्रथामा पुर्न पर्ने

अर्थ संसार, काठमाडौं– लिवर्टी इनर्जी कम्पनी लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) आजदेखि बन्द भएको छ । भदौं ३ गतेदेखि निश्सकान भएको आइपिओ माग भन्दा धेरै आवदेन परेकोले छिटो मिति भदौ ७ गते अर्थात आइतबार बैकिङसमय पश्चात बन्द भएको हो ।

अन्तिम दिन आइतबार  ४ बजेसम्म १ लाख ८९ हजार बढी आवेदकबाट ७२ करोड ७६ लाख बढीको शेयरको लागि आवेदन दिएको निश्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटल जनाएको छ । क्यापिटलको अनुसार यो पूर्ण तथ्याङ्ग होइन । अझै आवेदनको संख्या बढ्ने छ ।

अहिलेसम्म १ लाख ८९ हजार वटा आवेदन परिसकेकाले अब थपिने संख्याको आधारमा कम्पनीको आईपीओमा लगानी गरेका सबै आवेदकले १० कित्ता शेयर पाउनने निश्चित छ । तर, बाँकी रहने शेयर गोलाप्रथाबाट थप १० कित्ताका दरले मात्रत्र बाँडफाँड गर्न क्यापिटलले जनाएको छ । 

कम्पनीले  भदौ ३ गतेदेखि जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । 

आइपिओ स्थानीयवासीलाई जारी गरिसकेको र सर्वसाधारणलाई निश्कासन गरी बाँडफाँड पछि पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुनेछ ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

लगानीकर्ताको रोजाइमा insurance कम्पनी | यस्ता छन् नेप्सेमा सूचिकृत महँगा जीवन र निर्जीवन कम्पनीहरु

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको