Like us!
Follow us!
Connect us!
Watch us!

छुटाउनु हाेला रिलायन्स लाइफ र समाज लद्युवित्तको आइपिओ, आज अन्तिम मौका !

निशा हुमाँगाई

सोमबार, ०८ भदौ २०७७, ०६ : २५ मा प्रकाशित

छुटाउनु हाेला रिलायन्स लाइफ र समाज लद्युवित्तको आइपिओ, आज अन्तिम मौका !

अर्थ संसार, काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज (साेमबार) अन्तिम दिन रहेको छ ।  

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे हाे ।कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे छ ।

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमती पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड :

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले  भाद्र ४ गते बिहीबारबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८० हजार ७ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेकाे छ ।

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमती पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको