Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको शेयर बेच्ने, मूल्य प्रतिकित्ता २ हजार ३ सय रुपैयाँ

निशा हुमाँगाई

सोमबार, ०८ भदौ २०७७, १० : १४ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको शेयर बेच्ने, मूल्य प्रतिकित्ता २ हजार ३ सय रुपैयाँ

अर्थ संसार, काठमाडौं – प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे लिलामी मार्फत बिक्री गर्न लागेकाे संस्थापक समूहकाे शेयर आज (भाद्र ८ गते, साेमबार) बाट खुल्ला भएको छ ।

कम्पनीले कोषको संस्थापक समूहकाे ५० हजार कित्ता शेयर बिक्री खुल्ला गरेकाे हाे । शेयरको न्यूनतम मूल्य प्रतिशेयर २३ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

इच्छुक  बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि भदौ १५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको