Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा २ अर्बमाथिको कारोबार, सबै समूहमा चमक !

निशा हुमाँगाई

सोमबार, ०८ भदौ २०७७, १५ : ०० मा प्रकाशित

शेयर बजारमा २ अर्बमाथिको कारोबार, सबै समूहमा चमक !

अर्थ संसार, काठमाडौं – आज (साेमबार)  शेयर बजारका प्राय सबै सूचकहरू चम्किएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक  २१.११ अंकले बढेर एक हजार ४३१.४५ मा पुगेकाे छ । नेप्से १.५० प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५२ अंकले बढेर २९३.०७ मा पुगेको छ ।

कूल १८२ वटा कम्पनीकाे ४९ लाख २४ हजार २ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा  २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर घटेकाे छ । 

हेराैं आजकाे शेयर तालिका :

5f43878fafbfe.jpg 5f43879769dc4.jpg 5f4387a126401.jpg 5f4387a825b6d.jpg 5f4387b41c68a.jpg 5f4387bcaee7c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको