Like us!
Follow us!
Connect us!
Watch us!

अब १० दिनसम्म डिसहोमको उधारो सेवा

निशा हुमाँगाई

सोमबार, ०८ भदौ २०७७, १५ : ५८ मा प्रकाशित

अब १० दिनसम्म डिसहोमको उधारो सेवा

अर्थ संसार, काठमाडौं - डिस मिडिया नेटवर्क लिमिटेडले (डिसहोम) काे क्रेडिट अर्थात उधाराे सेवा अब १० दिनसम्म प्रयोग गर्न पाइने भएको छ । निषेधाज्ञाका कारण आफ्ना ग्राहकहरूमा पर्न गएकाे असहजतालाई मध्यनजर गर्दै डिसहोमले यस्ताे सेवा सञ्चालनमा ल्याएकाे हाे ।

यसअघि ब्यालेन्स समाप्त भएपश्चात पाँच दिनसम्म म्याद थप गरिँदै आएकाेमा अब १० दिन पुर्याइएकाे हाे ।

डिसहोमकाे उधाराे सेवा लिनका लागि मोबाइलको म्यासेज बक्समा गएर ‘CREDIT CustomerID’ टाईप गरी ३२५०० मा म्यासेज पठाउँदा १० दिनको उधारो प्राप्त भएको जानकारी मोबाइलमै पाइनेछ ।

साथै मिसकल गरेर समेत यो सेवा लिन सकिनेछ । त्यसका लागि ९८०१११२२३३ मा मिसकल गर्नु पर्दछ । यसरी ब्यालेन्स सकिएको अवस्थामा समेत डिसहोमको सेवा सुचारु राख्न सकिनेछ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको