Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफको आइपिओमा ६ लाखबढीले दिए आवेदन, पर्ने संम्भावना कति ?

निशा हुमाँगाई

सोमबार, ०८ भदौ २०७७, १७ : २५ मा प्रकाशित

रिलायन्स लाइफको आइपिओमा ६ लाखबढीले दिए आवेदन, पर्ने संम्भावना कति ?

अर्थ संसार, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे आज अन्तिम दिन पनि लगानीकर्ताको उस्तै ओइरो लागेकाे छ ।

अन्तिम दिन बेलुका ५ बजेसम्ममा ६ लाख ६ हजार ३ सय ३१ जना आवेदकले २ कराेड ४१ लाख ३१ हजार ८ सय ७० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलले जानकारी दिएकाे छ ।

 कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे हाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे छ ।

सरकारी शिक्षकले तलब मात्रै खाने,टोलटोलमा गएर वैकल्पिक उपाय अपनाएर पढाउनु पर्दैन जिम्मेवारी खोइ ? Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

<

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको