Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा १ अर्ब ८५ करोडको कारोबार

निशा हुमाँगाई

मंगलबार, ०९ भदौ २०७७, १५ : ०० मा प्रकाशित

शेयर बजारमा १ अर्ब ८५ करोडको कारोबार

अर्थ संसार, काठमाडौं – आज (मंगलबार) पनि शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.३४ अंकले बढेर एक हजार ४४०.९४ मा पुगेकाे छ । नेप्से ०.६५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ अंकले बढेर २९३.९७ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीकाे ३९ लाख ४० हजार ६ सय ९१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५ सय १० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा नेपाल पुनर्बीमा कम्पनीले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको २८ कराेड ७४ लाख ५ हजार ८ सय ८९ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

 हेराैं आजकाे शेयर तालिका :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको