अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु हुनेमा ६ जना पुरूष र एक जना महिला रहेका छन् ।
काठमाडौंकी ७१ वर्षिय वृद्धाकाठमाडौंकै ७४ वर्षिय वृद्ध र ६६ वर्षका पुरुष रहेका छन् । यस्तै सिराहाका २२ वर्षिय,पर्साका ६८ वर्षिय र रुपन्देही ५३ वर्षका पुरुष
काठमाडौंकी ७१ वर्षीया वृद्धा, काठमाडौंकै ७४ वर्षीय वृद्ध र काठमाडौंकै ६६ वर्षीय पुरूष तथा सिराहाका २२ वर्षीय ,पर्साका ६८ वर्षीय र रुपन्देहीका ५३ वर्षीय पुरूषकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे हाे ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस