अर्थ संसार, काठमाडौं – धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) बाट एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडकाे कारोबार खुल्ला हुने भएकाे छ । कम्पनीले हिजाे नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।
हिजाे मंगलबार कम्पनीकाे १ कराेड १३ लाख २६ हजार ८ सय २१ कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०२ रूपैयाँ ०६ पैसादेखि अधिकतम ३०६ रूपैयाँ १८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस