Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

निशा हुमाँगाई

बुधबार, १० भदौ २०७७, ११ : ३४ मा प्रकाशित

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

अर्थ संसार, काठमाडौं – आज (बुधबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ । 

कुलेश्वर वितरण केन्द्र अन्तर्गत स्विचाटार स्वयम्भु फिडरबाट वितरीत लाइनकाे आपुर्ती बन्द हुने भएकाे हाे । हाँगाबिंगा कटान, लाइन तथा केवल हेड मर्मतका लागि यस फिडर अन्तर्गतका बाफलपुल, सोल्टी दोबाटो, बूढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स, टौखेल, सीतापाइला, त्रिशक्ती केवल, ज्योती एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल, सिता होम्स, थापा चोक लगायतका क्षेत्रहरुमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे हाे ।

त्यसैगरी, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ । यसले गर्दा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति प्राधिकरणले क्षमायाचना मागेको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको