Like us!
Follow us!
Connect us!
Watch us!

६ कम्पनीको साधारणसभा हुँदै, कुनको कति प्रस्तावित लाभांश ?

निशा हुमाँगाई

बुधबार, १० भदौ २०७७, १३ : २५ मा प्रकाशित

६ कम्पनीको साधारणसभा हुँदै, कुनको कति प्रस्तावित लाभांश  ?

अर्थ संसार, काठमाडौं –  विभिन्न ६ वटा कम्पनीले भाद्रमा आफ्नाे वार्षिक साधारण सभा आह्वान गरेका छन् । 

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड, कुमारी क्यापिटल लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसी एशिया क्यापिटल र एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नाे वार्षिक साधारण सभा डाकेका हुन् । 

१. सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड :

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २३ औँ वार्षिक साधारण सभा भाद्र १३ गते शनिबार कम्पनीकाे प्रधान कार्यालय, भगवतीमार्ग, नक्साल, काठमाडौँमा हुँदैछ । कम्पनीले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ ।  कम्पनीकाे जेठ २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षमा मुनाफा रहेको भएतापनि एनएफआरएस (NFRS) मा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । 

२. महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड :

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साताैं वार्षिक साधारण सभा भाद्र १३ गते शनिबार केन्द्रिय कार्यालय, चित्लाङ्ग, थाहा नगरपालिका ९ मकवानपुरमा हुँदैछ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बाेनस शेयर तथा ७.५ प्रतिशत नगद लाभांश (कर प्रयाेजन समेत) वितरण गर्ने भएकाे छ ।

३. प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड :

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १८ औँ वार्षिक साधारण सभा भाद्र २६ गते शुक्रबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा हुँदैछ । कम्पनीले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ ।  बीमा समितिकाे वित्तीय विवरण सम्बन्धी निर्देशन बमाेजिमकाे वित्तीय विवरण Nepal Financial Reporting Standard (NFRS) बमाेजिमकाे वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरू कायम गर्नुपर्ने भएकाले लाभांश वितरण नगर्ने भएकाे हाे ।

४. एनआईसी एशिया क्यापिटल :

एनआईसी एशिया क्यापिटलकाे चाैँथाे वार्षिक साधारण सभा भदौ १८ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा हुँदैछ । सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।

५. एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड :

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको ४९ औं वार्षिक साधारण सभा भाद्र २० गते शनिबार धनगढीको होटल साथीमा हुँदैछ । सभामा सर्वधारणलाई पुनः शेयर अर्थात् एफपीओ जारी गर्ने प्रस्ताव पारीत गरिनेछ ।

६. कुमारी क्यापिटल लिमिटेड :

कुमारी क्यापिटल लिमिटेडकाे दोस्रो साधारण सभा भाद्र २४ गते बुधबार कुमारी बैंक टंगाल, काठमाडौंमा हुँदैछ । सभामा क्यापिटलले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले हुन आउने ८० रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको