Like us!
Follow us!
Connect us!
Watch us!

थप ८८५ जनामा काेराेना संक्रमण पुष्टि, उपत्यकामा कति ?

निशा हुमाँगाई

बुधबार, १० भदौ २०७७, १६ : ३० मा प्रकाशित

थप ८८५ जनामा काेराेना संक्रमण पुष्टि, उपत्यकामा कति ?

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ३४ हजार ८ सय ९३  जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

बुधबार काठमाडौंका २३० जना, भक्तपुरका २४ जना र ललितपुरका ४७ जना गरी उपत्यकामा मात्रै ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, बुधबार थप ३८५ जना डिस्चार्ज भएर घर फर्किएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ४ सय ५ पुगेकाे छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको