Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको शतप्रतिशत  हकप्रद भर्ने म्याद थप, अब कहिलेसम्म ?

निशा हुमाँगाई

विहीबार, ११ भदौ २०७७, ०६ : २२ मा प्रकाशित

सिभिल लघुवित्तको शतप्रतिशत  हकप्रद भर्ने म्याद थप, अब कहिलेसम्म ?

अर्थ संसार, काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्तालाई साउन २५ गते, आइतबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे शतप्रतिशत हकप्रद शेयर भर्ने म्याद थपिएकाे छ । यसअघि भाद्र १४ गते आइतबारसम्म भनिएकाेमा अब भाद्र २९ गते साेमबारसम्म पुर्याइएकाे छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको (१:१) अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।

लघुवित्तले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि असार १५ गते, साेमबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, असार १४ गते आइतबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गरेकाे छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी, सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा र सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको