Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको हकप्रद सुरक्षित गर्न आज अन्तिम मौका

निशा हुमाँगाई

विहीबार, ११ भदौ २०७७, १० : २९ मा प्रकाशित

समृद्धि फाइनान्सको हकप्रद सुरक्षित गर्न आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे हकप्रद शेयर सुरक्षित गर्ने आज (भदौ ११ गते, बिहीबार) अन्तिम माैका रहेकाे छ ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनार्थका लागि भाेलि (भदाै १२ गते, शुक्रबार) बुक क्लोज गर्दैछ । त्यसैले आज (भदौ ११ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरकाे ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २३ गते सेबाेनमा निवेदन दिएकाेमा बोर्डबाट भदौ २ गते अनुमति पाइसकेको छ । 

फाइनान्सकाे हकप्रद शेयर निष्कासन प्रक्रिया अब छिट्टै नै अघि बढ्नेछ ।  उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

त्यसैगरी, फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको