Like us!
Follow us!
Connect us!
Watch us!

११ इन्स्योरेन्स कम्पनीको आइपिओ आउँदै, कुन कम्पनीको कति कित्ता ?

निशा हुमाँगाई

विहीबार, ११ भदौ २०७७, १२ : ४९ मा प्रकाशित

११ इन्स्योरेन्स कम्पनीको आइपिओ आउँदै, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – पछिल्लाे समय नेपाली शेयर बजारमा धमाधम साधारण सेयर (आइपिओ) जारी भइरहेका छन् ।

लकडाउन पश्चात मात्र हालसम्म करिव आधा दर्जन कम्पनीहरूले आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरिसकेका छन् । तीमध्ये केहीकाे बाँडफाँड भइसकेकाे छ भने केही बाँडफाँड प्रक्रियामा छन् । 

यसैबिच विभिन्न ११ वटा नयाँ इन्स्याेरेन्स कम्पनीहरू आइपिओ निष्कासन गर्ने तयारीमा जुटेका छन् । ९ वटा जीवन बीमा कम्पनी र २ वटा निर्जीवन बीमा कम्पनीले ६ करोड २५ लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्ने तयारीमा जुटेका हुन् । 

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब रूपैयाँ पुर्याउनुपर्ने भएकाले उक्त कम्पनीहरू आइपिओ निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।

आइपिओ निष्कासनकाे तयारीमा रहेका कम्पनीहरू यस प्रकारका छन् :

१. जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड :

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ५ गते शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

२. सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड :

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार १४ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

३. सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले हालसम्म सेबाेनमा भने निवेदन पेश गरेकाे छैन ।

४. ज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

ज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

५. युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६४ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

६. आईएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :

आईएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

७. महालक्ष्मी इन्स्याेरेन्स कम्पनी लिमिटेड :

महालक्ष्मी इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

८. प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :

प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

९. रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

१०. सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :

सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

११. सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :

सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको