Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको उकालो यात्रामा ब्रेक !

निशा हुमाँगाई

विहीबार, ११ भदौ २०७७, १४ : ५९ मा प्रकाशित

शेयर बजारको उकालो यात्रामा ब्रेक !

अर्थ संसार, काठमाडौं – यस साताकाे पहिलाे दिन अर्थात आइतबारबाट लगातार बढ्दै गइरहेकाे शेयर बजारले आज (बिहीबार) अर्थात साताकाे अन्तिम दिन भने उकालो यात्रामा ब्रेक लगाएर ओरालाे यात्रा तय गरेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर एक हजार ४५८.०४ मा पुगेकाे छ । नेप्से ०.२७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६४ अंकले घटेर २९७.१० मा पुगेको छ ।

कूल १८८ वटा कम्पनीकाे ४९ लाख ६७ हजार ४ सय ३ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये बिहीबार ९ वटा उपसमूहको शेयर घटेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर बढेकाे छ ।

                    हेराैं आजकाे शेयर तालिका :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको