Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला, सरकारले दिएको छैन : सरकारका प्रवक्ता

निशा हुमाँगाई

विहीबार, ११ भदौ २०७७, १७ : १९ मा प्रकाशित

कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला, सरकारले दिएको छैन : सरकारका प्रवक्ता

अर्थ संसार, काठमाडौं – सरकारका प्रवक्ता र अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई फेरि नियुक्त गर्नेबारे मन्त्रिपरिषदमा छलफल नभएको जानकारी दिएका छन् ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले त दिएको छैन,’ मन्त्री खतिवडाले भने, ‘सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन। तर औपचारिक प्रस्ताव पनि छैन। छलफल पनि केही भएको होइन।’

कुलमान घिसिङलाई  पुनर्नियुक्त गरिएकाे भन्दै सामाजिक सञ्जाल तातिएकाे बेलामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले घिसिङलाई सरकारले निरन्तरता  दिएको भन्ने कुरा सामाजिक सञ्जालमा मात्रै आएको बताएका हुन् ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको