Like us!
Follow us!
Connect us!
Watch us!

५ वाणिज्य बैंकसँग रिचार्जरको छुट सम्झौता, ५० प्रतिशतसम्म छुट

निशा हुमाँगाई

शुक्रबार, १२ भदौ २०७७, ०७ : ०३ मा प्रकाशित

५ वाणिज्य बैंकसँग रिचार्जरको छुट सम्झौता, ५० प्रतिशतसम्म छुट

अर्थ संसार, काठमाडौं - रिचार्जरले ५ वटा वाणिज्य बैंकसँग छुट सम्झौता गरेको छ । भदौ ११ गतेदेखि सुरू भएको मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउन वाणिज्य बैंकहरूसँग छुट सम्झौता गरिएको रिचार्जरले जनाएको छ ।  

रिचार्जरले एनआईसी एशिया बैंक, सुद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकसँग शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने सम्झौता गरेको हो । सम्झौता अनुसार भदौ ११ देखि १८ गतेसम्म चल्ने मेगा ग्याजेट्स सेलमा उल्लेखित ५ वाणिज्य बैंकको क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्नेछन् । 

कार्ड नभएकाहरूले रिचार्जर एपको इएमआईमा गएर किन्न चाहेको सामान छनौट गरी किस्ताबन्दीका लागि आवेदन दिन सक्ने छन् । यसरी आएको आवेदनको आधारमा बैंकहरूले सेवाग्राहीलाई आम्दानीको स्रोतका आधारमा क्रेडिट कार्ड जारी गर्ने रिचार्जरले जनाएको छ । 

यसैगरी, लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा घरमै किस्ताबन्दीमा सामान उपलब्ध गराउन बैंकहरूसँग यस्तो सम्झौता गरिएको रिचार्जरले जनाएको छ ।  सेल अवधिमा १८ महिनासम्मको किस्ताबन्दीमा शुन्य प्रतिशत व्याजदरमा सामग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । उनका अनुसार नाफा कमाउने उद्धेश्यले भन्दा पनि असहज परिस्थितीमा सहज किसिमले आर्थिक व्यवस्थापन समेत गराउँदै सामान उपलब्ध गराउन लागिएको ग्लाइडरले बताए । 

ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रूपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका सामान गरिद गर्न सक्ने छन् । कोभिड संक्रमण जोखिमलाई ध्यानमा राख्दै सुरक्षा उपहरणहरू, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, पफ्र्युम लगायतका सामान पनि ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ ।  

सेलमा ‘बाई वान गेट वान फ्री को अफर समेत सञ्चालन हुनेछ । किस्ताबन्दीका साथै नगद भुक्तानी वा क्यास अन डेलिभरीबाट कुनै पनि किसिमको ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर अनिवार्य रूपमा निशुल्क उपलब्ध हुनेछ । सेल अवधिमा सामान किन्नेहरू मध्येबाट एक जनालाई रिचार्जरले आईफोन ११ वितरण गर्नेछ ।

त्यसैगरी, भदौ ३ गतेदेखि १९ गतेसम्ममा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरू मध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन एसई उपलब्ध गराउने रिचार्जरले जनाएको छ । यस्तै हरेक दिन सञ्चालन हुने फेसबुक पेज लाइभ प्रश्नोत्तरमा सहभागि हुनेहरूलाई आकर्षक उपहार उपलब्ध गराइने रिचार्जरले जनाएको छ । सेल सुरू भएका दिनदेखि हरेक दिन साँझ ६ बजे रिचार्जरको फेसबुक लाइभमार्फत उपहार विजेता घोषणा गरिने बताइएको छ ।  

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको