Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफको आइपिओ प्रि अलोटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

निशा हुमाँगाई

शुक्रबार, १२ भदौ २०७७, १३ : १० मा प्रकाशित

रिलायन्स लाइफको आइपिओ प्रि अलोटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

अर्थ संसार, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट निष्कासन गरेको साधारण शेयर (आइपिओ) काे प्रि–अलोटमेण्ट आज (शुक्रबार) सम्पन्न भएकाे छ । आइपिओकाे प्रि–अलोटमेण्ट आज शुक्रबार सम्पन्न भएकाले पर्सी (आइतबार) बाँडफाँड हुने संकेत देखिएकाे हाे ।

निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलले दिएकाे तथ्यांक अनुसार ५ लाख ८९ हजार ४ सय ६४ वटा आवेदन परेको छ । जसमध्ये १ हजार ९ सय ५५ वटा आवेदनहरु रद्ध भएका छन् । तसर्थ, बाँकी ५ लाख ८७ हजार ५०९ आवेदकलाई मात्र बाँडफाँडमा सामेल गरिने भएकाे छ । जस अनुसार २० हजार ५ सय ९ आवेदककाे हात खाली हुने निश्चित भएको छ ।

आइपिओ भर्ने लगानीकर्तालाई धन्यवाद – रिलायन्स लाइफ इन्स्योरेन्स 

कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे हाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलले सार्वजनिक गरेकाे अन्तिम तथ्यांक यस प्रकारकाे छ :

यो पनि पढ्नुहोस्

समाज लघुवित्तको आइपिओ बाँडफाँडको साइत जुर्यो ! 

१७ वटा हाइड्रोपारको शेयर मूल्य १०० भन्दा कम, कुन कम्पनीको प्रति कित्ता मूल्य कति ? 

चम्मिएको शेयर बजारले हाइड्रोपावर समूहलाई छोएन

नेपाल पुनर्बीमा लगानीकर्ता किन आकर्षित ?

११ इन्स्योरेन्स कम्पनीको आइपिओ आउँदै, कुन कम्पनीको कति कित्ता ? 

सरकारी शिक्षकले तलब मात्रै खाने,टोलटोलमा गएर वैकल्पिक उपाय अपनाएर पढाउनु पर्दैन जिम्मेवारी खोइ ? Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

<

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको