Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा अमेरिका मोभिलसँग रणनैतिक साझेदारी

निशा हुमाँगाई

शुक्रबार, १२ भदौ २०७७, १५ : ३७ मा प्रकाशित

ओपोद्वारा अमेरिका मोभिलसँग रणनैतिक साझेदारी

अर्थ संसार, काठमाडौं - ओपो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर) ले रणनैतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ ।

सम्झौतासँगै अब मेक्सिकन र ल्याटिन अभेरिकी बजारमा ओपो स्मार्टफोन्स अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारो मार्फत उपलब्ध हुनेछन् । ल्याटिन अमेरिका साथै वैश्विक बजार विस्तारका लागि यसले ओपोको ठूलो सफलताको प्रतिनीधित्व गर्छ ।

'अमेरिका मोभिलसँग रणनैतिक साझेदारी मार्फत स्थानिय उपभोक्तालाई अझ सुदृढ सञ्चार अनुभव प्रदान गर्न पाउनु हाम्रा लागि निकै गौरवको विषय हो । अमेरिका मोभिलसंगको यस साझेदारीले ओपोलाई ल्याटिन अमेरिकाको मेनस्ट्रिम बजार प्रवेशका लागि सहजता प्रदान गरेको छ । वैश्विक बजार विकासमा यसको विशेष महत्व छ', ओपोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले भने ।

'अमेरिका मोभिलउद्योगकै अग्रणी बहुराष्ट्रिय नेटवर्क अपरेटर हो । अमेरिका मोभिल र ओपो विचको यस सहकार्यले थप नव प्रबर्तनात्मक उत्पादन तथा सेवाहरू ल्याटिन बजारमा भित्रिनुका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभवका साथै भविष्यका थप नजिक आएको अनुभव प्रदान हुने हामीले आशा लिएका छौँ', टेलसेल मार्केटिङका उपनिर्देशक मार्कोस लिनेर्सले भने ।

महत्वपूर्ण ग्लोबल नेटवर्क अपरेटर्ससँग सहकार्य स्थापना तथा विकास, वैश्विक बजारमा ब्राण्ड प्रबर्तनका लागि ओपोको प्राथमिकतामा रहेको रणनीति हो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको