Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तको आइपिओ आज बाँडफाँड नहुने, अब कहिले हुन्छ ?

निशा हुमाँगाई

शुक्रबार, १२ भदौ २०७७, १६ : ०७ मा प्रकाशित

समाज लघुवित्तको आइपिओ आज  बाँडफाँड नहुने, अब कहिले हुन्छ ?

अर्थ संसार, काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण शेयर (आइपिओ) आज बाँडफाँड नहुने भएको छ । आज प्रि अलोटमेण्ट सकिएको र सोमबार बाँडफाँड हुने सम्भावना रहेको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । 

सिद्धार्थ क्यापिटलले यसअघि नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा आज नै शेयर बाँडफाँड गर्ने तयारी गरेको थियो । शेयर बाँडफाँड कार्यालय मै गरिने र त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने समेत बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएकाे छ । 

संस्थाले  भाद्र ४ गते बिहीबारबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८० हजार ७ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे थियाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेकाे छ ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको