Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको आइपिओ बाँडफाँड सोमबार हुने

निशा हुमाँगाई

शुक्रबार, १२ भदौ २०७७, १६ : ५६ मा प्रकाशित

लिवर्टी इनर्जीको आइपिओ बाँडफाँड सोमबार हुने

अर्थ संसार, काठमाडौं – लिवर्टी इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आइपिओ) काे बाँडफाँड साेमबार अर्थात भाद्र १५ गते हुने भएको छ ।

उक्त आइपिओकाे प्रि अलोटमेण्ट आज सकिएकाे बताउँदै निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले सोमबार बाँडफाँड गर्ने तयारी गरिएकाे जानकारी दिएकाे छ । उक्त आइपिओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलकाे कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १० बजे हुनेछ । बाँडफाँड फेसबुक लाइभबाट पनि देखाइनेछ ।

कम्पनीले निष्कासन गरेकाे आइपिओमा अन्तिम दिनसम्म १ लाख ९१ हजार १ सय जना आवेदकबाट ७३ लाख १४ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले भाद्र ३ गतेदेखि जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको