Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको सभा आज, शेयरधनीहरूको हात खाली !

निशा हुमाँगाई

शनिबार, १३ भदौ २०७७, ०६ : ३८ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको सभा आज, शेयरधनीहरूको हात खाली !

अर्थ संसार,काठमाडाैं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २३ औँ वार्षिक साधारण सभा आज (भाद्र १३ गते, शनिबार) हुँदैछ ।

कम्पनीकाे साउन १५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कम्पनीकाे प्रधान कार्यालय, भगवतीमार्ग, नक्साल, काठमाडौँमा बिहान १० बजेबाट सुरु हुनेछ ।

कम्पनीले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ ।  कम्पनीकाे जेठ २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षमा मुनाफा रहेको भएतापनि एनएफआरएस (NFRS) मा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । 

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यसैगरी, सभामा निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने पनि विशेष प्रस्ताव रहेकाे छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको