Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्रा लघुवित्तको सभा आज, शेयरधनीलाई लाभांश कति ?

निशा हुमाँगाई

शनिबार, १३ भदौ २०७७, ०७ : ०३ मा प्रकाशित

महिला सहयात्रा लघुवित्तको सभा आज, शेयरधनीलाई लाभांश कति ?

अर्थ संसार, काठमाडौं – महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साताैं वार्षिक साधारण सभा आज (भाद्र १३ गते, शनिबार) हुँदैछ ।

संस्थाकाे श्रावण १९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे साताैं वार्षिक साधारण सभा केन्द्रिय कार्यालय, चित्लाङ्ग, थाहा नगरपालिका ९ मकवानपुरमा बिहानकाे ११ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बाेनस शेयर तथा ७.५ प्रतिशत नगद लाभांश (कर प्रयाेजन समेत) वितरण गर्ने भएकाे छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि संस्थाले चैत्र ४ गते एक दिनका लागि संस्थाकाे शेयर दाखिल खारेज बन्द गरेकाे थियाे । तसर्थ चैत्र ३ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको