Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सद्वारा अभिकर्ताहरूलाई प्रशिक्षण प्रदान

निशा हुमाँगाई

शनिबार, १३ भदौ २०७७, १० : ११ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सद्वारा अभिकर्ताहरूलाई प्रशिक्षण प्रदान

अर्थ संसार, काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभड-१९) को असर र काठमाण्डौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरूमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरूलाई Virtual Training को आयोजना गरेको छ ।

कम्पनीले मिति २०७७ साल भाद्र १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरूलाई प्रशिक्षण प्रदान गरेको छ । कम्पनीका विभागीय प्रमुखहरू देखि उच्च पदस्थ पदाधिकारीहरूले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, यस प्रशिक्षण पश्चात अभिकर्ताहरूले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रूपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

                
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको