Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्राको लाभांश पारित

निशा हुमाँगाई

शनिबार, १३ भदौ २०७७, १४ : ४३ मा प्रकाशित

महिला सहयात्राको लाभांश पारित

अर्थ संसार, काठमाडौं – केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा आज भाद्र १३ गते, शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अमृत चरण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका यस सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिमको चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभामा संस्थाको हालको अधिकृत पुँजी २० करोडमा वृद्धि गरी ४० करोड पु्र्याउने विशेष प्रस्ताव समेत पारित गरिएको छ । संस्थाको बोनस पश्चात चुक्ता पुँजी १३ करोड ३१ लाख हुनेछ । 

राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखा कार्यालयहरू मार्फत ३५ हजार भन्दा बढी सदस्यहरूलाई लघुवित्त सेवा तथा ग्राहक सदस्यहरूलाई  स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिदै  आएको छ । संस्थाले २०७७ साल असारसम्म ३३ करोड ४१ लाख निक्षेप परिचालन गर्नुका साथै १ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको