Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै अरुण काबेली (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, १० : २५ मा प्रकाशित

नाफामा अब्बल बन्दै अरुण काबेली (विवरणसहित)

अर्थ संसार, काठमाडौं – अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चाैथाे त्रैमासकाे विवरण हेर्दा कम्पनीले आकर्षक नाफा कमाएकाे छ ।

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्ममा कम्पनीले  १० करोड ९७ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीकाे खुद नाफा १ लाख ५० हजार रुपैयाँ मात्र रहेकाे थियो । 

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले बिजुली बेचेर ४० करोड ७३ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । गत कार्तिक २३ गतेदेखि काबेली बी–१ जलविद्युत आयोजनाबाट २५ मेघावाट विद्युत उत्पादन गरी बिक्री गर्न थालेपछि यसको नाफामा उल्लेख्य सुधार आएकाे हाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ, जगेडा कोषमा ९ करोड ४२ लाख ४१ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २८ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको