Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो नेशनल इन्स्योरेन्सकाे नाफा, अन्य सूचक कस्तो ? (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, ११ : ५८ मा प्रकाशित

बढ्यो नेशनल इन्स्योरेन्सकाे नाफा, अन्य सूचक कस्तो ? (विवरणसहित)

अर्थ संसार काठमाडाैं - नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्ममा कम्पनीले २० करोड ३५ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १८.२४ प्रतिशत अर्थात ३ करोड १४ लाख रुपैयाँले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले १७ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चाैथाे त्रैमाससम्ममा कम्पनीले ४२ करोड ९७ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा ३६.५२ प्रतिशत अर्थात २४ करोड ७३ लाख रुपैयाँले थाेरै हाे । गत वर्ष कम्पनीले ६७ करोड ७० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, जगेडा कोषमा ३८ करोड २५ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ९ करोड ४५ लाख रुपैयाँ रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको