Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकाससँग बिलिन हुन लागको सल्भ लघुवित्तको नाफामा गिरावट (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, १३ : २१ मा प्रकाशित

जीवन विकाससँग बिलिन हुन लागको सल्भ लघुवित्तको नाफामा गिरावट (विवरणसहित)

अर्थ संसार काठमाडाैं - सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफामा गिरावट आएकाे छ ।

चौथो त्रैमाससम्ममा संस्थाले ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ७५ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ३७ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, चौथो त्रैमाससम्ममा संस्थाले ६ करोड २६ लाख रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा १२५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ७७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड ९० लाख रुपैयाँ रहेकाे छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिबी न्यूनिकरण लघुवित्त वित्तीय संस्था लिमिटेडले भाद्र २२ गते साेमबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको