Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो एनआईसी एशिया ब्यालेन्स फण्डको खुद सम्पत्ति मूल्य (विवरणसहित)

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, १४ : ४१ मा प्रकाशित

बढ्यो एनआईसी एशिया ब्यालेन्स फण्डको खुद सम्पत्ति मूल्य (विवरणसहित)

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइसी एशिया ब्यालेन्स फण्डले २०७७ साल श्रावण मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

श्रावण मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११ रुपैयाँ २९ पैसा पुर्याएकाे छ । असार मसान्त सम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११ रुपैयाँ ०८ पैसा रहेकाे थियो ।

त्यसैगरी, श्रावण मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४० करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । उक्त लगानी असार मसान्तको भन्दा २ करोड ८८ लाख ९६ हजार रुपैयाँले धेरै हो । असार मसान्तसम्ममा फन्डको सूचीकृत कम्पनीको शेयरमा ३७ करोड ८३ लाख २१ हजार रुपैयाँ लगानी रहेको थियो ।

फण्डले सार्वजनिक गरेकाे श्रावण मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको