Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तले आइपिओ निष्कासन गर्ने

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, १५ : ४० मा प्रकाशित

उपकार लघुवित्तले आइपिओ निष्कासन गर्ने

अर्थ संसार, काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।

संस्थाको एक करोड २६ लाख रूपैयाँ बराबरकाे प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका १ लाख २६ हजार कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । साथै, उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ । 

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको