Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट आइतबार एकैदिन थप १४ जनाले गुमाए ज्यान : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, १६ : ४६ मा प्रकाशित

कोरोनाबाट आइतबार एकैदिन थप १४ जनाले गुमाए ज्यान : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १४ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ जना पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जसमध्ये ४ जना महिला र १० जना पुरुष रहेका छन् ।

सुनसरीकी ७४ वर्षीया महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंमा ७२ वर्षीया महिला गरी ३ जना महिला र सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीमा ५७ र ६७ वर्षीय पुरुष गरी कुल १४ जनाकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे हाे ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको