Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएसले धोका दिँदा के भयाे शेयर बजार ?

निशा हुमाँगाई

आइतबार, १४ भदौ २०७७, १७ : १९ मा प्रकाशित

टिएमएसले धोका दिँदा के भयाे शेयर बजार ?

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार सामान्य अंकले बढेकाे छ । यस दिन काराेबार सुरू भएदेखि नै नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा समस्या देखिँदा लगानीकर्ता मारमा परेका थिए । जसकाे असर शेयर बजारमा प्रष्टै देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.६४ अंकले बढेर एक हजार ४६२.६७ मा पुगेकाे छ । नेप्से ०.३२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.८० अंकले घटेर २९६.२९ मा पुगेको छ ।

कूल १८६ वटा कम्पनीकाे ३६ लाख ८५ हजार ९ सय ६३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३ सय रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

           हेराैं आजकाे शेयर तालिका :

5f4b90b8aaff2.jpg 5f4b90be8458c.jpg 5f4b90c65bc1e.jpg 5f4b90cd6e22e.jpg 5f4b90d670bb5.jpg 5f4b90ddc1df4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको